लिग चरणको अन्तिम खेलमा बागलुङ विजयी, उपाधि दावेदार स्याङ्जा र नवलपुर सेमिफाइनलमा भिड्दै
पाेखरा | पुस ९, २०७९
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका जिल्ला भलिबल स्याङ्जा र नवलपुर सेमिफाइनल खेल्ने भएका छन् ।
समूह ‘क’ लिग चरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेपछि समूह ‘क’को उपविजेता बन्दै सेमिफाइनलमा स्याङ्जा र नवलपुरको भेट पक्का भएको हो ।
पोखरा रगंशाला भलिबल कोर्टमा आज (शनिबार) बिहान भएको लिगचरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेको हो । बागलुङले नवलपुरलाई २२–२५, २५–२१,२५–२०, २३–२५ र १५–७ अङ्कले पराजित गरेको थियो ।

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङ र कास्की र दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरको बिच हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

